Main News
माओवादी केन्द्रका नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लगियो
२०७८ असोज १३ गते ९:१०

१३ असोज २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिएको छ ।
सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकको सल्लाहमा थाइल्याण्ड लागिएको उहाँका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिनुभयो ।
नेता पुनको साथमा उहाँकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक जानु भएको छ । पुनको बैंककको समितिभेज अस्पतालमा उपचार हुनेछ ।
यसअघि पनि उहाँले बैंकको समितिभेज अस्पतालमै उपचार गराउनु भएको थियो ।
जण्डिस बिग्रिएपछि देखिने एक प्रकारको समस्याबाट उहाँ लामो समयदेखि पीडित हुनुहुन्छ । गत साता स्वास्थ्यमा समस्या देखिएपछि पुन अस्पताल भर्ना हुनु भएको छ ।
प्रतिक्रिया