Main News
तीन दिन देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने
२०७८ असोज १२ गते ९:०१
१२ असोज २०७८ काठमाडौं । अबको तीन दिन देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, भारतको उडिसामा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले अबको तीन दिन देशभर कै मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।
तर ठूलो पानी भने कतै पनि नपर्ने महाशाखाले जनाएको छ ।
यसकै प्रभावले अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया