Main News

कोरोनाविरुद्धको खोप न्यायपूर्ण वितरण हुनुपर्नेमा नेपालको जोड

हिमालय टिभी
२०७८ असोज १२ गते ८:०६
कोरोनाविरुद्धको खोप न्यायपूर्ण वितरण हुनुपर्नेमा नेपालको जोड

१२ असोज २०६७ काठमाडौं । नेपालले विश्वका सबै देशका नागरिकलाई न्यायपूर्ण र समान तरिकाले कोरोनाविरुद्धको खोप दिनुपर्नेमा जोड दिएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा( नारायण खड्काले विश्वका सबै देशका नागरिकले समानताका आधारमा कोरोना खोप पाउनुपर्नेमा जोड दिनुभएकव हो ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनका अनुसार परराष्ट्र मन्त्री खड्काले नेपाली समय अनुसार हिजो राति राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्नुभएकव हो ।

सम्बोधनका क्रममा मन्त्री खड्काले बहुपक्षीयतामा नेपालको स्थान र राष्ट्रिय स्वार्थका विविध विषयमा बोल्नुभएको थियो । कोरोनाविरुद्धको खोपको उपलब्धतामा गहिरिँदै गएको असमानताले न्यून आय भएका मुलुकमा ठूलो आर्थिक(सामाजिक असर पारेको मन्त्री खड्काको भनाइ थियो ।

मन्त्री खड्काले ग्रिन हाउस ग्यास उत्सर्जनमा नेपालको नगन्य भूमिका रहे पनि नेपालले जलवायु परिवर्तनको असर भने ठूलो भोगिरहनु परेको बताउनुभयो ।

विगत ६३ वर्षमा नेपालले संयुक्त राष्ट्र संघीय शान्ति मिसनमार्फत् शान्ति, सुरक्षा र स्थायित्वमा योगदान गर्दै आएको उल्लेख गर्दै मन्त्री खड्काले संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखेर बहुपक्षीयतालाई अघि बढाउनु पर्ने नेपालको अडान रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *