Main News

आकस्मिक अवतरणका क्रममा विमानभित्र रहेका यात्रुको यस्तो त्रासदीपूर्ण अनुभव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ११ गते १८:२६
आकस्मिक अवतरणका क्रममा विमानभित्र रहेका यात्रुको यस्तो त्रासदीपूर्ण अनुभव (भिडियो रिपोर्टसहित)

११ असोज २०७८ काठमाडौं । बुद्ध एयरका दुई वटा उडानमा आज समस्या आएको छ । र दुवै उडानसकुशल अवतरण भएको बुद्ध एयरले जनाएको छ ।

बिहान काठमाडौंबाट विराटनगर गएको विमान ल्यान्डिङ्ग गेयरमा समस्या आएपछि काठमाडौंमै फर्किएर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

काठमाडौं फर्केपछि पनि विमानले यहाँको आकाशमा केही फन्को लगाएको थियो । बुद्ध एयरले भने ल्यान्डिङ्ग गेयर ठिकठाक रहेको तर त्यसको इन्डिकेटरले काम नगर्दा समस्या आएको बताएको छ ।

यस्तै बुद्ध एयरकै अर्को पोखरा गएको विमानको ककपिटमा धुवाँ देखिएपछि त्यसलाई पनि काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको थियो । पछि जाँच गर्दा सबै ठिकठाक देखिएपछि त्यै जहाज पोखरा गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *