कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु, १२८२ संक्रमित थपिए

११ असोज २०७८ काठमाडौं । नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप सात जनाको मृत्यु भएको छ।
१२ हजार ८१ जनाको पीसीआर गर्दा ९ सय ७५ र ३ हजार ४ सय ७ जनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ७ जनामा कोरोना देखिएको हो ।
कुल १५ हजार ४ सय ८८ जनाको परीक्षण गर्दा ८ प्रतिशतमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौंमा २ सय ८५ जना संक्रमित थपिएका छन् ।
यो अवधिमा ७ जनाको मृत्यु भएको छ । १ हजार २ सय ६२ जना संक्रमणुमक्त भएका छन् । सक्रिय संक्रमितको संख्या पनि १८ हजार ८ सय ४८ मा झरेको छ । यो हिजोको भन्दा करिब ३ सयले कम हो ।
आज थप ३ लाख १२ हजार ८ सय ७४ जनालाई कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयण्को तथ्यांकमा उल्लेख छ ।
योसंगै नेपालभर पूर्ण खोप प्राप्त गर्नेको संख्या ६१ लाख ६५ हजार ५२ र पहिलो डोज प्राप्त गर्नेको संख्या ६७ लाख ९३ हजार ४ सय ५६ पुगेको छ ।
प्रतिक्रिया