Main News

उपभोक्तालाई सहज हुने निर्णय कार्यान्वयनमा अदालतको आदेश बाधकः सरकार

हिमालय टिभी
२०७८ असोज १० गते १८:०६
उपभोक्तालाई सहज हुने निर्णय कार्यान्वयनमा अदालतको आदेश बाधकः सरकार

१० असोज २०७८ काठमाडौं । सरकारले उपभोक्ताका लागि सहज हुने गरी गरिएको कतिपय निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टिकरण दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सवारी चालक अनुमति पत्र र प्रयोगात्मक परीक्षामा आफ्नै सवारी सवारी प्रयोग गर्न पाउने मन्त्रालयको व्यवस्था सर्वोच्च अदालतको आदेशका कारण रोकिएको बताउनुभयो ।

उहाँले आफ्नो सवारी साधन प्रयोग गरेर दिइने प्रयोगात्मक परीक्षण गर्ने ठाउँमा यातायात व्यवस्था विभागले ठेक्कामा दिइसकेको र सर्वोच्च अदालतले ठेक्कामा दिए अनुसार नै गर्नु भनेर आदेश दिएकाले रोकिएको बताउनुभयो ।

सचिव श्रेष्ठले सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि लिइने परीक्षामा ७० प्रतिशत नम्बर ल्याउनेलाई १ वर्षको परीक्षणकालको व्यवस्था हुने गरी अनुमति पत्र दिन सकिने व्यवस्था राखिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *