दशैंलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप, वैशाखसम्म सबै नेपालीले पाउने

१० असोज २०७८ चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाखसम्म सबै नेपालीलाई खोप लगाइसक्ने बताउनु भएको छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सव तथा १७ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसलाई सम्बोधन राज्यमन्त्री श्रेष्ठले दशैंसम्म १ करोड ६० लाख खोप लगाइसक्ने बताउनुभयो ।
उहाँले नेपाललाई आवश्यक तीन करोड २३ लाख खोप सुनिश्चितता गरिसकेको बताउनुभयो । उहाँले दशैंलगत्तै बालबालिकालाई लगाउने खोप आउने बताउनुभयो ।
मन्त्री श्रेष्ठले कात्तिकसम्ममा ३३ प्रतिशत नेपालीलाई खोप लगाइसक्ने बताउनुभयो । उहाँले पर्यटकीय र आर्थिक गतिविधि बढी हुने ठाउँमा प्राथमिकता दिएर खोप लगाइने बताउनुभयो ।
मन्त्री श्रेष्ठले क्यान्सर उपचार गर्न दिइँदै आएको एक लाख रुपैँयालाई बढाएर पाँच लाख पुर्याउने निर्णय सरकारले गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया