Main News

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ८३४ संक्रमित थपिँदा १२७९ जना संक्रमणमुक्त

हिमालय टिभी
२०७८ असोज १० गते १७:१३
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ८३४ संक्रमित थपिँदा १२७९ जना संक्रमणमुक्त

१० असोज २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणदर घट्दो क्रममा छ । आज थप ८ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८ हजार ५ सय ८९ जनाको पीसीआर गर्दा ७ सय ३० जना र ५ हजार १ सय ४७ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । यो संक्रमणदर ६ प्रतिशत हो ।

यसअघि हिजो स्वास्थ्य परीक्षण गराएकामध्ये ९ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । आज सबैभन्दा बढी संक्रमित काठमाडौंमा २ सय ३२ जना छन् । यस्तै, कास्कीमा ८४, मोरङमा ७९ र झापामा ७८ जना संक्रमित थपिएका छन् ।

२४ घण्टाको अवधिमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । थप १ लाख २ हजार ३ सय १ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या पनि १९ हजार १ सय ४२ जनामा झरेको छ । जसमध्ये ३ सय ६८ जनालाई आइसीयू र १ सय २० जनालाई भेन्टिलेटरमा राखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *