Main News

गठबन्धन बैठकः राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्ने जिम्मा शीर्ष नेतृत्वलाई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १० गते १७:१०
गठबन्धन बैठकः राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्ने जिम्मा शीर्ष नेतृत्वलाई (भिडियो रिपोर्टसहित)

१० असोज २०७८ काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले संसदमा पेश भएको राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले सरकारलाई पूर्णता दिने विषयमा भएको ढिलाइको समीक्षा गर्दै अध्यादेशबारे छिटो निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको हो।

गठबन्धनले प्रदेशमा समेत गठबन्धन बनाएर अघि बढ्ने समझदारी गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का नेता महिन्द्र राय यादवले जानकारी दिनुभयो । उहाँले यही हप्ता सरकारलाई पूर्णता दिने समझदारी भएको बताउनु भयो ।

बागमती र प्रदेश १ मा गठबन्धनले सरकार बनाउने पनि समझदारी बनेको छ। तर, कसले नेतृत्व गर्नै भन्ने विषय टुंगो लागेको छैन ।

सरकारले एमाले र जसपा विभाजन गर्नेगरी भदौ १ गते अध्यादेश ल्याएको थियो। अध्यादेशपछि भदौ ९ गते नयाँ दलको मान्यता पाएका माधवकुमार नेपालको दल र जसपालाई समेटेर सरकार विस्तार गर्न लागिएको हो ।

तर, अध्यादेशको टुङ्गो नलागी जसपाले सरकारमा सहभागी नहुने अडान राखेपछि मन्त्रिमण्डलले पूर्णता पाउनसकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *