Main News

टेडेक्सको नेपाली संस्करण टेडेक्स दरबारमार्गको तेश्रो वर्ष पूरा

हिमालय टिभी
२०७८ असोज ९ गते १९:११
टेडेक्सको नेपाली संस्करण टेडेक्स दरबारमार्गको तेश्रो वर्ष पूरा

९ असोज २०७८ काठमाडौं । विश्व चर्चित कार्यक्रम टेडेक्सको नेपाली संस्करण टेडेक्स दरबारमार्गले तेश्रो वर्ष पूरा गरेको छ ।

तेश्रो वार्षिकउत्सवका अवसरमा आज काठमाडौंमा एक कार्यक्रम गरी टेडेक्स दरबारमार्गले छोटो अवधीमा नै नेपाली समुदायमा प्रभाव पार्न सकेको भन्दै खुसी व्यक्त गरेको छ ।

टेडेक्स दरबारमार्गका म्यानेजिङ्ग डाइरेक्टर सुदीप रौनियारले आउँदा वर्ष विश्वका चर्चित व्यक्तित्वहरूलाई बोलाएर सगरमाथामा टेड टक गर्ने घोषणा गर्नुभयो ।

टेडेक्स दरबारमार्गको नाममा हुँदै आएको टेड टकमा सहभागी वक्ताहरुले आफ्नो सफलताको कथा, आफूले गर्ने कार्य र त्यसले संसार र समाजलाई सकारात्मक ढंगले परिवर्तन गर्न कस्तो भूमिका खेलिरहेको हुन्छ भन्ने विषयमा चर्चा गर्ने छन् ।

एक अमेरिकी गैरसरकारी संस्था टेडले टेड टक शुरु गरेको हो । टेडसँग अनुमति लिएर विश्वभर नै यस्ता कार्यक्रम हुने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *