Main News

कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने प्रस्ताव एमाले केन्द्रीय कमिटीमा

हिमालय टिभी
२०७८ असोज ९ गते १८:५७
कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने प्रस्ताव एमाले केन्द्रीय कमिटीमा

९ असोज २०७८ काठमाडौं । नेकपा (एमाले( मा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र पदाधिकारी संख्या बढाउनुपर्ने मत बलियो गरी उठेको छ ।

ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा आज बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा टोली नेताले धारणा राख्दै कार्यकारी पदमा दुई पटक रहन पाउने र उपाध्यक्ष तथा सचिव ७(७ जना राख्नुपर्ने सुझाव दिएका हुन् ।

हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ३ जना मात्रै राख्ने उल्लेख गरिएको छ। विधान संशोधन प्रस्तावमा पोलिट्यू्रो नराख्ने उल्लेख छ । तर, समूहगत छलफलमा पोलिटब्यूरो कायमै राख्नुपर्ने आवाज उठेको छ।

राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न एमालेले १० वटा टोली नेता चयन गरेको थियो । टोलीका नेताहरुले आज धारणा राख्ने क्रम सकिएको छ ।

नेताहरुले उपाध्यक्ष, केन्द्रीय समितिको संख्या बढाउनुपर्ने र फागुन २३ को फैसलापछि पनि एमालेमै रहेका पूर्व माओवादी नेताको जिम्मेवारी खोस्न नहुने लगायतका सुझाव दिएका छन ।

नेताहरुले संसद विघटन र पार्टी विभाजनको कुरा पनि प्रस्ट रुपमा राजनीतिक प्रतिवेदनमा राख्नु पर्ने माग गरेका छन । त्यस्तै अध्यक्षको नेतृत्वमा रहने गरी प्रस्ताव गरिएको ७ सदस्य रहने केन्द्रीय सचिवालय पनि नराख्न केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन्।

भोलि अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जवाफ दिने र बैठक सक्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *