राजनीति

एकीकृत समाजवादी पार्टी छिट्टै सरकारमा जान्छः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ९ गते १८:०२
एकीकृत समाजवादी पार्टी छिट्टै सरकारमा जान्छः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

९ असोज २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताउनुभएको छ ।

आज मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एकीकृत समाजवादी) छिट्टै सरकारमा सहभागी हुने बताउनुभएको हो । उहाँले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेकपा(एकीकृत समाजवादी) पनि यो सरकारमा सहभागी हुनेछ । यो देश हाँक्नेछ । यो देशलाई परिवर्तनको दिशामा अगाडि बढाउने छ । हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो । जनताको सेवा गर्ने हो । देशको इज्जत र प्रतिष्ठा बचाउने हो ।’

अध्यक्ष नेपालले गठबन्धनका विचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताउनुभयो । उहाँले गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सहकार्यको संस्कृति विकास गर्नुपर्नेछ । प्रदेशमा पनि सामूहिक रुपमा सरकार चलाउन चाहन्छौँ । राम्रो मान्छेलाई प्रोत्साहित गर्न चाहन्छौँ । योग्यता क्षमता भएको मान्छेलाई हुर्काउन चाहन्छौँ ।’

उहाँले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुत रहेको बताउनुभयो । आफुहरुले पार्टीलाई पहिलो बनाउन चाहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्