Main News

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, ९५३ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ असोज ९ गते १६:४२
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, ९५३ जना संक्रमित थपिए

९ असोज २०७८ काठमाडौं । नेपालमा पछिल्लो पटक ९ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् भने थप ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक ७ हजार ५० जनाको पीसीआर र ३ हजार ५ सय २९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ३ सय ११ जना छन् ।

जसमध्ये काठमाडौंका १ सय ९८, ललितपुरका ७३ र भक्तपुरका ४० जना छन् । उपत्यका बाहिर कास्कीमा ७०, सुनसरीमा ५४ , मोरङमा ५४ जनामा संक्रमण देखिएको छ । यस्तै थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो पटक १ हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ७ सयमा झरेको छ । यस्तै ३ सय ६३ जनाको आईसीयू र १ सय ९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक २ लाख १६ हजार ७ सय २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म ६५ लाख २८ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज र ६० लाख १४ हजार बढीले खोपको दुवै डोज लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *