Main News

आगामी निर्वाचन प्रचण्डविरुद्ध लड्ने एमाले नेता थापाको घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ८ गते १५:३३
आगामी निर्वाचन प्रचण्डविरुद्ध लड्ने एमाले नेता थापाको घोषणा (भिडियो रिपोर्टसहित)

८ असोज २०७८ काठमाडौं । पूर्वगृहमन्त्री एवं एमाले नेता रामबहादुर थापाले आगामी निर्वाचनमा प्रचण्डसँग लड्ने बबताउनु भएको छ ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा नेता थापाले पार्टीले निर्णय गरेमा प्रचण्ड र आफ्नो बीच चुनावी प्रतिस्पर्धा हुन सक्ने बताउनु भयो ।

नेता थापाले वर्तमान सरकार कालोधन संरक्षणमा लागेको आरोप लगाउनुभयो । उहाँले सरकारले कालोधन, दलाल र पूँजीवादलाई सृदृढ गर्न खोजेको बताउनुभयो ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

राष्ट्रियताका सवालमा नयाँ चुनौती खडा भइरहेको भन्दै नेता थापाले गृह मन्त्रालयले बोल्न नदिने, अर्थ मन्त्रालयले कालो धन संरक्षण गर्ने काम गरिरहेको बताउनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र र विधिको शासन उल्लंघन गरिरहेको थापाको आरोप छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *