राष्ट्रियसभामा एमालेको अवरोधका बीच बजेटसम्बन्धी दुई विधेयक अघि बढ्यो

८ असोज २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई विधेयक अघि बढाएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा पनि एमालेको अवरोध कायमै रहेपछि सभाध्यक्ष गणेश तिमल्सिनाले बजेटसँग सम्बन्धित विधेयक अघि बढाउनुभएको हो ।
बैठक शुरु भएलगत्तै एमाले राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराइले आफूहरुको विरोध कायमै रहेको बताउनुभएको थियो ।
सभाध्यक्ष गणेश तिमल्सिनाले आर्थिक विधेयक अगाडि नबढाउँदा सिंगो राष्ट्र ठप्प हुने स्थिति रहेको बताएपछि एमालेका सदस्यहरुले उठेर बिरोध गरेका थिए ।
एमालेको अवरोध कायमै रहेपछि अर्थमन्त्री जनादर्न शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधयेकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो ।
दुवै प्रस्ताव बहुमतले पारित भएको छ । दुवै विधेयकमाथि दफावार छलफलका लागि राष्ट्रियसभाको अर्को बैठक यही असोज ११ गतेका लागि बोलाइएको छ ।
प्रतिक्रिया