Main News

आज केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ असोज ८ गते ९:०८
आज केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

८ असोज २०७८ काठमाडौं । हाल नेपालमा मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती पनि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *