Main News
आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२०७८ असोज ७ गते ८:५१

७ असोज २०७८ काठमाडौं । आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
भारतको पश्चिम राजस्थान र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति पनि थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । तर मनसुन कमजोर भएकाले ठूलो पानी भने कतै पनि नपर्ने मौसमविद्को भनाइ छ ।
प्रतिक्रिया