Main News
सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन
२०७८ असोज ७ गते ८:०५

७ असोज २०७८ काठमाडौं । सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सबै विषयमा छलफल भए पनि टुंगोमा नपुगेको जानकारी दिनुभयो ।
महामन्त्री खड्काका अनुसार संसद् सञ्चालन र सरकारले पेस गर्न लागेको विधेयकका विषयमा भने आंशिक रुपमा सहमति जुटेको उहाँको भनाइ छ ।
मन्त्रिपरिषद् विस्तारमा गठबन्धन सम्बद्ध दलहरुका बीचमा शक्ति बाँडफाँड गर्ने र छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सन्दर्भमा समेत छलफल सकारात्मक रुपमा अघि बढेको उहाँको भनाइ छ ।
प्रतिक्रिया