Main News

सरकारप्रति एमाले अध्यक्ष ओलीको यस्तो कटु आलोचना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ६ गते २०:४८
सरकारप्रति एमाले अध्यक्ष ओलीको यस्तो कटु आलोचना (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ बर्दिया । पछिल्ला हरेक सार्वजनिक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनप्रति कटु आलोचना गर्दै आउनुभएको छ । आज बर्दियामा भएको कार्यक्रममा पनि उहाँले यही शिलशिला कायम राख्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साढे २ महिनामा पनि मन्त्रिपरिषद गठन गर्न नसकेकोमा सरकारप्रति व्यङ्य गर्दै आएका ओली आज भने परराष्ट्रमन्त्री नियुक्तीप्रति व्यङ्ग्य गर्नुभयो ।

उहाँले राजदूत फिर्ता बोलाउने निर्णयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रमण गर्नुभयो ।

उहाँ यतिमै रोकिनु भएन । ओलीले आफूले नियुक्त गरेका राजदूत सबै योग्य र काम गर्ने व्यक्ति भएको दाबीसमेत गर्नुभयो ।

सरकारमाथि हमला गरेका ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड माथि पनि खनिनुभयो । उहाँले प्रचण्डले राजासँग सम्झौता गरेर नेपाली नागरिकमाथि हत्या हिंसा थुपारेको आरोप लगाउनुभयो ।

एमाले अध्यक्ष ओलीको आक्रमण राजनीतिक नियुक्ति लिनेमाथि पनि छ । ओलीले आफूले भूमि आयोगमा योग्य र अनुभवी मान्छे राखेको तर अहिलेको सरकारले अनुभव नै नभएकालाई ल्याएको भन्नभ्याउनुभयो ।

आफूलाई उँचो देखाउन अरुलाई होच्याउने ओलीको अभिव्यक्तिले बर्दियामा पनि निरन्तरता पायो । अरुलाई गालीगलौच गरेर तालीमा रमाउने बानी छाड्नु भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *