Main News

कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि परिमार्जन हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ६ गते १९:१४
कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि परिमार्जन हुने (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन हुने भएको छ ।

१४ औं महाधिवेशन अन्तर्गत सबै जिल्लाको क्रियाशील सदस्यता नटुंगिदा कार्यतालिका प्रभावित भएको हो । आज बसेको कांग्रेसका शीर्ष नेताहरुसहितको पदाधिकारी बैठकले असोज ९ गतेअघि पालिकास्तरको अधिवेशन गर्ने निर्णय भएको छ ।

तर बाँकी तहको अधिवेशन दशैंअघि गर्न नसक्ने निष्कर्ष बैठकले निकालेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकाश दिँदै जाने र अघि बढिसकेका प्रक्रियाहरुलाई निश्चित टुंगो गर्ने निर्णय गरेको बताउनुभयो ।

कांग्रेसमा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा यी जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ । पौडेल समूहले बाँकी जिल्लाको वडा अधिवेशन सम्पन्न भएपछि मात्रै पालिकाको अधिवेशन गर्नुपर्ने माग गरेपछि कार्यतालिका संशोधनको तयारी गरिएको हो ।

कांग्रेसमा पछिल्लो पटक संशोधित कार्यतालिकामा ५ असोजमा बाँकी जिल्लाको वडा अधिवेशन, ९ गते पालिका अधिवेशन, १२ गते प्रदेश सभा निर्वाचन क्षेत्र, १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो ।

बैठकमा मन्त्री चययनका विषयमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *