Main News

कोरोनाविरुद्धको खोप वितरणमा उत्पादकले भेदभाव गरेको एम्नेस्टीको आरोप

हिमालय टिभी
२०७८ असोज ६ गते १७:२१
कोरोनाविरुद्धको खोप वितरणमा उत्पादकले भेदभाव गरेको एम्नेस्टीको आरोप

६ असोज २०७८ काठमाडौं । कोरोनाविरुद्धको खोप वितरणमा उत्पादकले भेदभाव गरेको एम्नेस्टी इन्टरनेश्नलले आरोप लगाएको छ ।

६ वटा ठूला खोप उत्पादकले धनी राष्ट्रलाई पर्याप्त खोप उपलब्ध गराएर आर्थिक स्थिति कमजोर रहेका मुलुकलाई हेला गरेको बुधबार प्रकाशित एम्नेस्टीको रिपोर्टमा उल्लेख गरिएको छ ।

उत्पादकको नाम नै प्रकाशित गरेर एम्नेस्टीले अष्ट्राजेनेका, बायोएनटेक, जोनसन एण्ड जोनसन, मोडेर्ना, नोभाभ्याक्स र फाइजरले मानव अधिकारको सम्मान गर्न नसकेको आरोप लगाएको छ ।

एम्नेस्टीका महासचिव एगनेस कल्लामार्दले महामारीबाट बच्नका लागि खोप अभियानमा सहयोग गर्नु पर्ने उत्पादकहरुले त्यसो नगर्नु लज्जास्पद भएको प्रतिवेदनमा उल्लेख गरेका छन् । विश्वले नै संकट भोगिरहेका बेला बौद्धिक सम्पत्ति अधिकार बाँढ्नु पर्नेमा समेत त्यसो नगरेको उक्त रिपोर्टमा छ ।

एम्नेस्टीले उत्पादक कम्पनीहरुको मानव अधिकार नीति, खोपको मूल्य तथा पारदर्शीतामा समेत अध्ययन गरेको जनाएको छ । पाँच अर्ब ७६ करोड डोज खोप उत्पादन गरेपनि आर्थिक स्थिति कमजोर भएका मुलुकमा शुन्य दशमलब तीन प्रतिशत मात्र खोप गरिब राष्ट्रमा बाँडिएको र ७९ प्रतिशत खोप धनी राष्ट्रहरुमा बेचिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

ती कम्पनीहरुले खोपको प्रविधि र ज्ञान साटासाट गर्न समेत अस्वीकार गरेको रिपोर्टमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *