Main News

अख्तियारले प्रतिशोध साँधेर मुद्दा चलाएको कांग्रेस उपसभापति गच्छादारको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ६ गते १५:२२
अख्तियारले प्रतिशोध साँधेर मुद्दा चलाएको कांग्रेस उपसभापति गच्छादारको आरोप (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधका रुपमा आफूमाथि झुटो मुद्दा लगाएको आरोप लगाउनुभएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफूविरुद्ध तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले षड्यन्त्र गरेको पनि आरोप लगाउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भए पनि सरकारको छायाँको रुपमा काम गर्दा निष्पक्ष र स्वतन्त्र हुन नसकेको उहाँको भनाइ छ ।

गच्छदारले आफ्नो राजनीतिक भविष्य समाप्त पार्ने षड्यन्त्र भएको पनि आरोप लगाउनुभयो । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियारले गच्छादारसहित १ सय ७५ जना विरुद्ध विषेश अदालतमा मुद्दा दर्ता गरेको छ ।

कांग्रेस सभापित शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै असार ३० गते वयान दिन गत असार ३० गते हाजिर भएका उहाँलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *