Main News
एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठकमा नेताहरुको यस्तो खुसियाली (भिडियो रिपोर्टसहित)
२०७८ असोज ५ गते २०:४९

५ असोज २०७८ काठमाडौं । नेकपा एमालेबाट विभाजित भइ गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रीय कमिटीको बैठकमा उपस्थित हुँदा नेताहरुमा छुट्टै उत्साह देखियो । हामीले बैठकस्थलमा पस्दै गरेका नेताहरुलाई भेटेर तयार पारेको यो सामग्री हेर्नुहोस्ः–
नेताहरुमा महिनौँसम्म माइत आउन नपाएकी चेली खुसी हुँदै तिजमा माइती आएजस्तो खुसी छ यो बैठकमा आउँदा । यो बैठकमा नेताहरुले गर्छन चाही के त ?
जुन जोश, उत्साह र खुसीका साथ नेताहरु यो बैठकमा सहभागी भएका छन् । उनीहरुको उत्साह र जोशले कस्तो नतिजा दिन्छ र नेताहरुले भनेजस्तै अबको कार्यदिशा र योजना कस्तो बन्छ त्यो हेर्न भने केही दिन कुर्नैपर्छ ।
प्रतिक्रिया