Main News

देउवा नेतृत्वको सरकारलाई एमाले अध्यक्ष ओलीले दिए ‘ग्रहण’को संज्ञा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ५ गते १८:५२
देउवा नेतृत्वको सरकारलाई एमाले अध्यक्ष ओलीले दिए ‘ग्रहण’को संज्ञा (भिडियो रिपोर्टसहित)

५ असोज २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ग्रहणको संज्ञा दिनुभएको छ ।

मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सरकारतर्फ हेरे अशुभ हुने बताउनुभयो ।

अध्यक्ष ओलीले वर्तमान सत्तारुढ दलका मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको टिप्पणी पनि गर्नुभयो । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उहाँको आरोप छ ।

यस्तै भातृ संगठन अनेरास्ववियुको सपथ ग्रहण कार्यक्रममा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भईरहेको गम्भिर आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले नागरिकको हितमा केन्द्रित भएर अघि बढन पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *