Main News

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा अध्यक्षको प्रतिवेदन पेश, छलफल गर्न समूह विभाजन

हिमालय टिभी
२०७८ असोज ५ गते १८:०१
एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा अध्यक्षको प्रतिवेदन पेश, छलफल गर्न समूह विभाजन

५ असोज २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

आज शुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । बैठकमा अध्यक्ष नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समूह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराइएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘थपिएका केन्द्रीय कमिटीका सदस्यहरु जो हामीले निर्वाचन आयोगमा बुझाएका थियौँ ११६ जनाको नाम थियो । उहाँहरुलाई सनाखत गरिएका बाहेक, थप गरिएका केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराएका छौँ । यसपश्चात पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नका लागि पाँचवटा समूहमा छलफलका लागि सूची तयार पारेका छौँ र भोलि बिहान १० बजेसम्मका लागि समय निश्चित गरेका छौँ ।’

पार्टीको बैठक भोलि पनि बस्ने उहाँले जानकारी दिनुभयो । भोलिको बैठकले समसामयिक प्रस्ताव परित गर्ने, कार्यविभाजन गर्ने उहाँको भनाइ छ । आवधिक कार्ययोजना बनाइ तीन महिने अभियान चलाएर देशभर पार्टी सुदृढीकरण र पार्टीलाई पुनर्जागृत गरिने योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *