Main News

प्रमुख प्रतिपक्षीको अवरोधबीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

हिमालय टिभी
२०७८ असोज ५ गते १४:१७
प्रमुख प्रतिपक्षीको अवरोधबीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

५ असोज २०७८ काठमाडौं । प्रतिनिधि सभाबाट पारित भएको बजेट नेकपा एमालेका सांसदहरुको अवरोधका बीच आज राष्ट्रिय सभामा बजेट पेश भएको छ ।

एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सदस्यहरुलाई ७२ घन्टाको समय दिनुभएको छ ।

राष्ट्रियसभा अध्यक्षले विनियोजन विधेयकमाथि दफावार छलफलका लागि असोज ७ गते दिउँसो २ बजेको समय तोक्नुभएको छ ।

सांसदहरुको संशोधनसहित मन्त्रालयत रुपमा छलफल गरेर पारित गरेपछि यो बजेट पुनः प्रतिनिधिसभामा आउने छ र त्यसपछि सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनु हुने छ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि बजेट होलिडे अन्त्य हुने र सरकारले खर्च गर्न पाउनेछ। प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको विनियोजन विधेयकमा विधेयक भदौ ३१ गतेदेखि लागू हुने उल्लेख छ ।

यही व्यवस्थासहितको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव रााष्ट्रियसभाबाट समेत स्वीकृत भएको छ ।

राष्ट्रियसभाबाट जस्ताको तस्तै पारित भए भदौ ३१ गतेदेखिकै खर्चले वैधता पाउनेछ । बजेट समयमा संसदबाट पारित नहुँदा अहिले मुलुक बजेट होलिडेमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *