Main News

एमाले सांसद श्रेष्ठद्वारा सभामुख सापकोटाको राजीनामा माग

हिमालय टिभी
२०७८ असोज ५ गते १४:०९
एमाले सांसद श्रेष्ठद्वारा सभामुख सापकोटाको राजीनामा माग

५ असोज २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गर्नु भएको छ ।

आज शुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गर्नु भएको हो ।

बैठक शुरु हुनासाथ सदा झैं एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिनु भएको थियो ।

त्यसपछि बोल्न सुरु गर्नु भएका सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ जना सांसदलाई कारबाही गरेको सिफारिस अनुसार उनीहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादा कायम गर्न नसकेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सोध्न चाहन्छांैं–कुनै पनि व्यक्ति आफ्नो कुर्सीमा बसिसकेपछि मर्यादा कसैले पनि उल्लंघन गर्नहुन्न । त्यो कुर्सीको गरिमालाई जोगाउनुपर्छ । यदि कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने त्यो कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने त्यस्तो व्यक्ति कुर्सीमा बस्न लायक हुँदैन र हामीले भनिराखेका छौं –तत्काल उहाँले निकास दिनुपर्छ भनिरहेका छौं ।’

सांसद श्रेष्ठले गैर सांसदहरुलाई सांसद भनेर संसदमा राखिन्छ भने त्यसले त्यो संसदको र संविधानको रक्षा हुन्छ कि हुँदैन ? भन्ने प्रश्न समेत गर्नु भयो । उहाँले संविधानविपरीत, संसदको मर्यादा विपरीत आफ्नो दलले कारबाही गरेर १४ जना सांसदहरुलाई सभामुख सापकोटाले पदमुक्त नगरेसम्म राष्ट्रियसभा पनि चल्न दिने अवस्थामा आफ्ना पार्टी नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *