Main News

कोरोनाका सक्रिय सङ्क्रमित घट्दै, सावधानी अपनाउन विज्ञको आग्रह

हिमालय टिभी
२०७८ असोज ५ गते ८:५८
कोरोनाका सक्रिय सङ्क्रमित घट्दै, सावधानी अपनाउन विज्ञको आग्रह

५ असोज २०७८ काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाका नयाँ सङ्क्रमित थपिने सङ्ख्यामा कमी आएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्न थालेको छ ।

एक साताअघि ३२ जिल्लामा सक्रिय सङ्क्रमित रहेकोमा हाल ३० जिल्लामा मात्रै सक्रिय सङ्क्रमित छन् । देशभरका ४७ जिल्लामा शून्य सङ्क्रमित रहेका छन् । ३० जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ३ सय २३ रहेको छ ।

सङ्क्रमणदर घट्यो भनेर लापरबाहरी नगर्न सङ्क्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले सबैलाई आग्रह गर्नुभयो ।

गत वर्षझैँ यो वर्ष पनि भदौ अन्तिम हुँदै असोज लाग्दै गर्दा कोरोना सङ्क्रमणको दरमा कमी आएको थियो । यो वर्ष पनि उस्तै अवस्था देखिएकाले चिकित्सकहरूले सावधानी अपनाउन भनेका छन् ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या साढे ७ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २ हजार ९ सय ५७ जना स्वस्थ भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ५२ हजार १ सय७० पुगेको छ । गत २४ घन्टामा देशभर ८ जनाको मृत्यु हुुँदा १ हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *