एमाले अध्यक्ष ओलीको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ
५ असोज २०७८ काठमाडौं । सर्वोच्च अदालतमा माधव नेपालसहित १४ जना सांसदको पद खारेजिबारेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।
न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसिकएपछि आजका लागि हेर्दाहेर्दैमा टुंगिएको हो । हिजो बहस नसकिएका कारण आज पनि सुनुवाइले निरन्तरता पाउने भएको हो ।
आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेको पत्र पठाए पनि सांसद पद निलम्बन नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध रिट दायर गर्नुभएको हो ।
कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले संसदमा पनि अवरोध गरिरहेको छ ।
प्रतिक्रिया