Main News

भदौ ३० गते क्रियाशील सदस्यता सार्वजनिक भएका जिल्लामा आज कांग्रेसको वडा अधिवेशन

हिमालय टिभी
२०७८ असोज ५ गते ७:३०
भदौ ३० गते क्रियाशील सदस्यता सार्वजनिक भएका जिल्लामा आज कांग्रेसको वडा अधिवेशन

५ असोज २०७८ काठमाडौं । भदौ ३० गते क्रियाशील सदस्यता सार्वजनिक भएका ७ जिल्लामा मात्र आज नेपाली कांग्रेसको वडा अधिवेशन हुने भएको छ ।

आज हुने अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। काठमाडौं, मोरङ, सिन्धुपाल्चोक, काभ्रे, बर्दिया, कपिलवस्तु र बाजुरामा आज वडा तहको अधिवेशन हुने भएको हो।

पछिल्लोपटक हेरफेर गरिएको कार्यतालिका अनुसार आज बाँकी रहेका २० जिल्लामा वडा अधिवेशन गर्ने भनिए पनि सात जिल्लामा मात्रै हुने भएको हो। १३ जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद हिजो साँझसम्म सार्वजनिक नहुँदा आज वडा अधिवेशन हुने छैन ।

भदौ १८ गते देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो। प्रदेश २ का आठ जिल्लासहित रसुवा, बाँके, डोल्पा, कैलाली र सुर्खेतको क्रियाशील सदस्यता निर्वाचन समिति समक्ष आइपुगेर सार्वजनिक भएको छैन।

आइतबार नै १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिएको दाबी गरिएको थियो। तर भएका सहमति कार्यान्वन गर्ने क्रममा कुरा नमिलेपछि सार्वजनिक नभएको हो।

यसले गर्दा १३ जिल्लाको कार्यतालिका फेरी प्रभावित हुने भएको छ । कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *