कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, १०९५ जना संक्रमित थपिए
![कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, १०९५ जना संक्रमित थपिए](https://www.himalayatv.com/wp-content/uploads/2020/08/corona-test-1.jpg)
४ असोज २०७८ काठमाडौं । नेपालमा थप १ हजार ९५ जनामा कोरोना पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु भएको छ।
विगत २४ घण्टामा १३ हजार ८ सय १७ जनाको कोरोना परीक्षण गरिएकोमा पीसीआरबाट ९ सय ७५ र एन्टिजेनबाट १ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ९८ सहित उपत्यकाका ३ जिल्लामा ३ सय ९६ जना संक्रमित थपिएका छन् । उपत्यकाबाहिर झापामा सबैभन्दा धेरै १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।
यो अवधिमा देशभर थप ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ । यस्तै विगत २४ घण्टामा २ हजार ९ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार हाल देशभर २२ हजार ३ सय २३ जना सक्रिय संक्रमित छन् । जसमध्ये ३ सय ७१ जनाको आईसीयू र १ सय ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
विगत २४ घण्टामा थप २२ हजार १ सय ९२ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । नेपालमा पूर्ण खोप प्राप्त गर्नेको संख्या ५५ लाख ८८ हजार ५ सय १७ पुगेको छ । यस्तै ६२ लाख १५ हजार ८ सय ५६ जनाले पहिलो डोज प्राप्त गरेका छन् ।
प्रतिक्रिया