Main News
दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद् विस्तारः अध्यक्ष यादव (भिडियो रिपोर्टसहित)
२०७८ असोज ४ गते १६:४६
४ असोज २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताउनुभएको छ ।
दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने उहाँले बताउनुभएको हो ।
तत्काल मन्त्रिपरिषद विस्तार गर्दा मन्त्री हुन नपाउनेहरुले जसपा विभाजन गर्ने खतरा छ । त्यसैले जसपाले सरकारमा जान हतार गरेको छैन ।
तर साढे २ महिना पुग्नै लाग्दा पनि मन्त्री नियुक्त गर्न नसकेको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेको छ ।अहिले सरकारमा प्रधानमन्त्री देउवासहित ४ मन्त्री र एक राज्यमन्त्री मात्र छन् ।
प्रतिक्रिया