Main News
राष्ट्रिय एकता कायम गरेर अघि बढेको सरकारको दाबी (भिडियो रिपोर्टसहित)
२०७८ असोज ४ गते १६:४०

४ असोज २०७८ काठमाडौं । सरकारले प्रतिपक्षी दलसँग वार्ता र संवादगरी राष्ट्रिय एकता कायम गर्ने नीति अनुसार अघि बढेको बताएको छ ।
प्रतिनिधि सभा बैठकमा निरन्तर विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता र संवाद भइरहेको सरकारका मन्त्रीहरुको भनाइ छ ।
अर्थमन्त्री जनार्दन शर्माले एमालेलाई सहमतिमा ल्याउन सभामुखसहित नेताहरुले पहल गरिरहेको जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदलाई प्रभावकारी बनाउने दायित्व प्रतिपक्षको समेत रहेको बताउनुभयो ।
आफूले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले जोगाएको भन्दै नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया