Main News

दुई वर्षसम्म नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थी आन्दोलित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ४ गते १४:३१
दुई वर्षसम्म नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थी आन्दोलित (भिडियो रिपोर्टसहित)

४ असोज २०७८ काठमाडौं । लोकसेवा आयोगले २ वर्षअघि प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिम नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थी आन्दोलित भएका छन् ।

परीक्षा दिएका ६ सय ३१ जनाले तत्काल नतिजा प्रकाशनको माग राख्दै अनामनगरस्थित आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

लोक सेवाजस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको सट्टा स्थगित गर्नु चरम लापरवाही भएको परीक्षार्थीले बताएका छन् । जिम्मेवार मानिएको संस्थाले परीक्षर्थीको भविष्यमाथि खेलबाड गरेको उनीहरुको आरोप छ ।

सबै परीक्षा सकेपछि पनि नियम, कानून र ऐनले तोकेको प्रावधानलाई आयोगले पालना नगरोको भन्दै विद्यार्थीले आक्रोश पोखेका छन।

लोकसेवा आयोगले विभिन्न कोटाका लागि तीन वर्षसम्म विज्ञापन बमोजिम नतिजा प्रकाशन नगर्दा समय र लगानी खेर गएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *