एमालेमा अध्यक्षसहित सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था प्रस्ताव
३ असोज २०७८ काठमाडौं । नेकपा एमालेमा अध्यक्षसहितका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
स्थायी कमिटीको आज शुरु बैठकमा संगठन विभागले सबै पदाधिकारी निर्वाचित हुने व्यवस्थासहितको विधान प्रस्ताव गरेको हो ।
यसअघि अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र बाँकी पदाधिकारी केन्द्रीय सदस्यहरुबाट अध्यक्षले मनोनित गर्ने प्रस्ताव गरिएको थियो । त्यसको पार्टीभित्रै आलोचना भएपछि संगठन विभागले पूर्ववत व्यवस्थालाई निरन्तरता दिने प्रस्ताव गरेको हो ।
त्यसैगरी कार्यकारी पदमा निर्वाचित हुन ७० वर्षे उमेरहदको व्यवस्था कायमै राखिएको छ । असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि स्थायी कमिटीमा आजदेखि छलफल शुरु भएको छ।
विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, सांगठानिक र विधान संशोधन प्रस्ताव माथि भोलि थप छलफल हुनेछ ।
प्रतिक्रिया