कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, ७३४ संक्रमित थपिए
३ असोज २०७८ काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर घटेको छ । १० हजार परीक्षणमा ७ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
७ हजार ३ सय ४ पीसीआर र २ हजार ७ सय ९ एन्टिजेन परीक्षणमा गर्दा ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, आज थप एक हजार ४ सय १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४९ हजार २ सय १३ जना पुगेको छ ।
देशभर २४ हजार ३ सय १३ जना सक्रिय संक्रमित छन । ३ सय ९० जनाको आइसीयू र एक सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आज संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ । पछिल्लो पटक २१ हजार ३ सय ६० जनाले कोरोनाविरुद्धको खोज लगाएका छन ।
प्रतिक्रिया