Main News

संविधानका बारेमा लुम्बिनी र गण्डकीका मुख्यमन्त्री के भन्छन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३ गते १६:५८
संविधानका बारेमा लुम्बिनी र गण्डकीका मुख्यमन्त्री के भन्छन् ? (भिडियो रिपोर्टसहित)

३ असोज २०७८ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान पालनामा केही चुनौती आए पनि राष्ट्र सही बाटोमा अगाडि बढिरहेको दाबी गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा बुटवलमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री केसीले संविधानको पूर्ण पालना र संवर्द्धनका लागि सबैलाई आग्रह समेत गर्नुभयो ।

संविधान गतिशील दस्तावेज भएको भन्दै मुख्यमन्त्री केसीले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने बताउनुभयो ।

यस्तै, संविधान दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिको लागि सबैको साथको खाचोँ औल्याउनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले प्रदेशको समग्र उन्नतीका लागि सत्ता पक्ष, प्रतिपक्ष र नागरिक समाजले आ–आफ्नो ठाउँबाट रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संघीयताको अनुभूति हुने गरी काम हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *