Main News

बँदेल थाप्न लगाइएको विद्युतीय पासोमा परी बर्दियामा ३ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २ गते ९:३१
बँदेल थाप्न लगाइएको विद्युतीय पासोमा परी बर्दियामा ३ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

२ असोज २०७८ बर्दिया । जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परी बर्दियामा ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको ठाकुरबाबा नगरपालिका–३ गोदाना गाउँमा एकै परिवारका तीन जनाको विद्युतीय पासोमा परी मृत्यु भएको हो । मृत्यु हुनेमा ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षका सुनिता थारु र बालकृष्णका भाउजु ४३ वर्षका बेलमती थारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको हो ।

गएराति खेतमा पानी हेर्न गएका बेला उनीहरुलाई करेन्ट लागेको पनि बताइएको छ ।पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

उनी मृतक थारुका छिमेकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *