Main News

काठमाडौं उपत्यकामा असोज ४ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

हिमालय टिभी
२०७८ असोज १ गते १७:०५
काठमाडौं उपत्यकामा असोज ४ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

१ असोज २०७८ काठमाडौं । काठमाडौंमा यही असोज ४ गतेदेखि कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइँदैछ ।

जिल्लामा लक्षित समूहलाई ३ दिनसम्म भेरोसेलको दोस्रो डोज खोप लगाइने प्रदेश सरकारले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ ।

कीर्तिपुर नगरपालिकामा १० ठाउँमा र चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा खोप लगाइँदैछ ।

यस्तै, नागार्जुन नगरपालिकाको १०, तारकेश्वरको ११, दक्षिणकालीको ९, बुढानीलकण्ठको १३, टोखाको ११ तथा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाको ९–९ स्थानमा भेरोसेलको दोस्रो डोज खोप लगाउन लागिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *