Main News

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, १५५८ संक्रमित थपिँदा १३५१ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ असोज १ गते १६:४५
कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, १५५८ संक्रमित थपिँदा १३५१ संक्रमणमुक्त

१ असोज २०७८ काठमाडौं । नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप दश जनाको मृत्यु भएको छ ।

८ हजार ६ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८६ र ३ हजार ७ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ७२ जनामा संक्रमण देखिएको हो । जसमध्ये काठमाडौंमा २ सय ७४, ललितपुरमा ७० र भक्तपुरमा ५३ जना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकावाहिर सबैभन्दा धेरै कास्कीमा १ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै मुलुकमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ८ लाख ७१ हजार ७ सय ३४ पुगेको छ ।

आज कोरोना संक्रमित थप १० जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा १ हजार ३ सय ५१ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोनाका २५ हजार ४ सय ९७ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थप ६० हजार १ सय ५९ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । योसँगै खोपको पहिलो डोज लगाउनेको संख्या ६० लाख ८३ हजार र पूर्ण खोप लगाउनेको संख्या ५५ लाख ७ हजार ३ सय ८० पुगेको मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *