आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Himalaya Television
२०७८ असोज १ गते ९:०२

आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

१ असोज २०७८ काठमाडौं । अहिले देशभर सामान्यदेखि पूर्ण बदलीसहित गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ ।

वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सहत बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज राती देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

साथै शनिबार र आइतबार पनि देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs