Main News

एमाले नेतृत्वको बागमती प्रदेश सरकार स्पष्ट अल्पमतमा, नयाँ सरकार गठनको पहल

हिमालय टिभी
२०७८ असोज १ गते ७:२३
एमाले नेतृत्वको बागमती प्रदेश सरकार स्पष्ट अल्पमतमा, नयाँ सरकार गठनको पहल

१ असोज २०७८ काठमाडौं । नेकपा एमालेको नेतृत्वमा रहेको बागमती प्रदेश सरकार स्पष्ट अल्पमतमा परेपछि विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल गरेको छ।

त्यसका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेसम्मको तयारीमा भएको छ। तर, अविश्वास प्रस्ताव कहिले ल्याउने र नयाँ सरकार निर्माणको पहल कसरी अघि बढाउने भन्नेबारे गठबन्धन अन्योलमै देखिएको छ।

नेकपा एमाले विभाजन नहुँदै बागमती प्रदेशमा सरकार परिवर्तनको तयारी गरेको यो गठबन्धनका घटकहरु एमाले विभाजन भएर एकीकृत समाजवादी बनिसक्दा पनि एउटा निर्णयमा पुग्न सकेका छैनन्।

बरु यसबीचमा मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा गरेर बहुमत प्राप्त दलको नेताका रुपमा एमालेकै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्नु भएको छ । एमाले विभाजनपछि बागमतीमा नेकपा एकीकृत समाजवादीको संसदीय दल गठन भइसकेको छ। दलको नेतामा राजेन्द्र पाण्डे चयन हुनु भएको छ ।

बागमतीमा कांग्रेस र एकीकृत समाजवादी दुवैले आफ्नो मुख्मयन्त्री हुनुपर्ने दाबी गरिरहेका चर्चा बाहिर आएका छन्। तर, उनीहरु यही विषयमा निर्णयमा नपुग्दा मुख्यमन्त्री शाक्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कि नल्याउने, ल्याउने हो भने कहिले ल्याउने भन्नेबारे निर्क्योल हुनसकेको छैन।

केन्द्रमा गठबन्धनको सरकार बनेको ६५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेको अन्योलको अवस्था बागमतीको सत्ता गठबन्धनमा प्रष्ट देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *