Main News

आज विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको आयु घट्दै गएकोमा विज्ञको चिन्त्ता

हिमालय टिभी
२०७८ भदौ ३१ गते ९:०९
आज विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको आयु घट्दै गएकोमा विज्ञको चिन्त्ता

३१ भदौ २०७८ काठमाडौं । आज विश्व ओजोन तह बचाउ दिवस, खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख भन्ने नाराका साथ मनाइँदैछ ।

पृथ्वीमा कार्बनडाइअक्साइड धेरै हुँदा तापक्रम पनि बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । सन् १९८० को दशकयता विश्वमा ५० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएका दिनहरुको संख्या दोब्बर भएको पाइएको छ ।

यस्तै अत्यधिक तापक्रम मापन हुने क्षेत्रहरु पनि बढेका छन् । यसले मानिससँगै पारिस्थितिक प्रणालीमा असर गरेको छ । ६ लाख वर्षयता पृथ्वीमा कार्बनडाइअक्साइडको मात्रा निरन्तर बढ्दा पृथ्वीकै आयु घट्दै गएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

जापान, अमेरिका, भारत, रुस, ब्राजिललगायत विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् । ठूलाठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशील देशहरुले पनि बराबरी भोग्नु परेको छ ।

वनजङ्गल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो । विश्वभरि उत्सर्जन हुने कुल कार्बनमध्ये नेपालले शून्य दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *