Main News

१६ वर्षीया किशोरी सुस्मिता एक दिने गाउँपालिका अध्यक्ष बनेपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३० गते २१:०६
१६ वर्षीया किशोरी सुस्मिता एक दिने गाउँपालिका अध्यक्ष बनेपछि… (भिडियो रिपोर्टसहित)

३० भदौ २०७८ मोरङ । ५७औं राष्ट्रिय बाल दिवसको अवसर पारेर मोरङको बुढीगंगा गाउँपालिकाले १६ वर्षीया किशोरी सुस्मिता ऋषिदेवलाई एक दिने अध्यक्ष बनायो । किशोर किशोरीलाई राजनीतिक चेतना र दलित तथा विपन्न समुदायलाई सबलिकरण गराउने उद्देश्यले एक दिने गाउँपालिका अध्यक्ष बनाइएकी सुस्मिताको अनुभव कस्तो रह्यो ? अध्यक्ष बनेर उहाँले के कस्ता कार्य गर्नुभयो ?

बाल दिवसको अवसर पारेर मोरङको बुढीगंगा गाउँपालिकाले एउटा उदाहरणीय काम गरेको छ । दलित समुदायकी किशोरी सुस्मिता ऋषिदेवलाई एक दिनका लागि अध्यक्ष बनाएर आर्थिक र प्रशासनिक बाहेकका अधिकार दियो ।

कक्षा १२ मा पढ्दै गरेकी सुस्मिताले कहिले पनि जनप्रतिनिधि बन्ने कल्पना समेत गर्नु भएको थिएन । तर उहाँले यो अवसर पाउनुभयो । उहाँले औपचारिक रुपमै पदभार ग्रहण मात्र गर्नुभएन, स्वास्थ्य चौकी र विद्यालयसमेत अनुगमन गर्नुभयो । अनि सुधारका लागि निर्देशन समेत दिनुभयो ।

दलित समुदायकी एउटी किशोरीलाई प्रतिनिधि पात्र बनाएर गाउँपालिकाले किशोर किशोरीमा राजनीतिक चेतना र पिछडिएको समुदायलाई जनप्रतिनिधिको महत्वबारे बुझाउने प्रयास गरेको हो ।

स्थानीय सरकार के हो र यसले कसरी कार्य गर्छ भन्ने अनुभूति दिलाउन यस्तो अभियान चलाइएको हो । युवा तथा बालबालिकाको राजनीतिप्रतिको दृष्टिकोण परिवर्तन गराउनका लागि यस्तो अभियान महत्वपूर्ण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *