Main News

देउवा नेतृत्वको सरकारले केही काम गर्न नसकेको ओली आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३० गते १९:३७
देउवा नेतृत्वको सरकारले केही काम गर्न नसकेको ओली आरोप (भिडियो रिपोर्टसहित)

३० भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले केही काम गर्न नसकेको आरोप लगाउनुभयो ।

बुटवलमा भएको सभामा एमाले अध्यक्ष ओलीले विगतमा संकटको बेलामा आफूले राम्रो काम गरेको तर अहिले देउवा सरकारले ती राम्रा कामलाई उल्टाउन लागि परेको आरोप लगाउनुभयो ।

एमाले कार्यकर्तालाई संवोधन गर्दै ओलीले पार्टी विभाजन भयो भनेर दुखी नहुन आग्रह गर्नुभयो । उहाँले हाँस्दै र नाच्दै पार्टीको काममा लाग्न निर्देशन दिनुभयो ।

त्यस्तै ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाले पार्टी फुटाएर अपराध गरेको बताउनुभयो । नयाँ पार्टी गठन गरेका नेपाललाई आफूले कमरेड भन्न पनि नसक्ने ओलीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *