Main News

सरकारले ब्युँतायो भूमि आयोग, अध्यक्षमा निरौला, उपाध्यक्षमा खड्का नियुक्त

हिमालय टिभी
२०७८ भदौ ३० गते १९:३३
सरकारले ब्युँतायो भूमि आयोग, अध्यक्षमा निरौला, उपाध्यक्षमा खड्का नियुक्त

३० भदौ २०७८ काठमाडौं । सरकारले भूमि आयोग ब्युँत्याएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको सरकारले राष्ट्रिय भूमि आयोग २०७८ को नाममा आयोग ब्युँत्याएको हो ।

भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले आयोग गठन गर्दै अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई सपथ गराउनु भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सपथ ग्रहण गरेपछि अध्यक्ष निरौलाले सुकुम्वासीका समस्या समाधान गरिने बताउनुभयो ।

नव गठित आयोगमा अरु सदस्यहरु भने नियुक्त भएका छैनन् । यसअघि ओली सरकारले आफ्ना कार्यकर्ता भर्ती गरेको भन्दै देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग नै खारेज गरेको थियो ।

अहिले फेरि आयोग ब्युँताएर सरकारले आफू निकट व्यक्तिलाई आयोगको अध्यक्ष बनाएको छ । निरौला कांग्रेसनिकट नेपाल शिक्षक संघको पूर्वअध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *