Main News

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, दुई जना मन्त्री र तीन जना राज्यमन्त्री थपिए

हिमालय टिभी
२०७८ भदौ ३० गते १८:५४
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, दुई जना मन्त्री र तीन जना राज्यमन्त्री थपिए

३० भदौ २०७८ विराटनगर । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री भीम आचार्यले आज मन्त्रिमण्डलमा २ जना मन्त्री र ३ जना राज्यमन्त्री थप गर्नुभएको हो ।

संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना र झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

उहाँहरुले आजै पद तथा गोपनीयताको सपथ लिनुभयो । योसँगै प्रदेश १ को मन्त्रिपरिषद ८ सदस्यीय भएको छ ।

आजै राज्यमन्त्री बनाउने प्रस्ताव गरिएका एमाले संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारी, उदयपुरका विमल कार्की र राजकुमार ओझाले भने मन्त्रालयको पूर्ण जिम्मेवारी नपाएको भन्दै पद अस्वीकार गर्नुभयो ।

नेकपा एमालेको विभाजनसँगै अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले संसदबाट विश्वासको मत नलिई मन्त्रिपरिषद विस्तार गर्नुभएको भन्दै विपक्षीले भने आलोचना गरेको छ ।

यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *