Main News
संसद अवरोधको मूल कारण बुझ्न नेता नेम्बाङको आग्रह (भिडियो रिपोर्टसहित)
२०७८ भदौ ३० गते १८:४९
३० भदौ २०७८ विराटनगर । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले संसदमा जिम्मेवारपूर्वक प्रस्तुत हुन पार्टी अध्यक्षले निर्देशन दिएको भन्दै आफूहरु जिम्मेवारपूर्वक प्रस्तुत भइरहेको दाबी गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेम्बाङले संसदमा भएका एकाध नराम्रा घटनालाई उदाहरण नबनाउन र संसदमा भएको अवरोधको मुल कारण बुझ्न आग्रह गर्नुभयो ।
सभामुख संसदमा रहेका दलहरूको नेता भएको भन्दै नेम्बाङले सभामुखले सबैलाई समान व्यवहार गर्नु पर्ने बताउनुभयो ।
प्रतिक्रिया