Main News
गुणस्तरीय शिक्षाका लागि सरकार गम्भीर रहेको प्रधानमन्त्री देउवाको दाबी (भिडियो रिपोर्टसहित)
२०७८ भदौ ३० गते १८:२४
३० भदौ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैमा गुणस्तरीय शिक्षाको सहज पहुँच पुर्याउने सरकारी अभियानमा साथ दिन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ ।
ललितपुरमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भूकम्पले क्षित पुर्याएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै अबको सम्पूर्ण ध्यान गुणस्तरीय शिक्षामै केन्द्रित हुने बताउनुभयो ।
प्रतिक्रिया