Main News

सरकारको प्राथमिकतामा बजेट नपरेका कारण भ्याकुमको अवस्थाः एमाले

हिमालय टिभी
२०७८ भदौ ३० गते १७:५५
सरकारको प्राथमिकतामा बजेट नपरेका कारण भ्याकुमको अवस्थाः एमाले

३० भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकारको प्राथमिकतामा बजेट नपरेका कारण भ्याकुमको अवस्था सिर्जना भएको आरोप लगाएको छ ।

सरकारले प्रतिनिधिसभा बैठक शरु भएपछि बजेटलाई महत्व नदिई सत्तास्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको एमालेको ठहर छ ।

प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो भ्रम सरकारले छरेको आरोप एमालेको छ ।

आज विज्ञप्ति जारी गर्दै एमालेले आर्थिक वर्ष शुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेकाले वित्तीय संकटको परिस्थिति सिर्जना भएको बताएको छ ।

प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको एमालेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *